शेयर बजार आज सामान्य बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ३० पुस । शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १ दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह २ दशमलव ५५ प्रतिशतले उकालो लागेको छ ।

आज १ सय २५ वटा कम्पनीको शेयर बढेकोमा १ सय २४ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर घटबढ भएन ।

आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन आईसीएफसी फाइनान्सको डिबेन्चर २०८८ सबैभन्दा धेरै ३ दशमलव ३० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड २५ लाख कित्ता शेयर ६ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्