क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंसिर । क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा परेका छन् ।

बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी-जगाती सडक खण्डमा गरिएको रात्रिकालीन चेकिङमा हद निर्धारण गरिएको भन्दा बढी सामान राखिएका ती सवारीसाधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

३२ वटा सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम एक हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारीसाधनमा बढी भएको सामान भने कारवाहीस्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्