आजको मौसमः कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २४ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, राति पनि देशभरको मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्