काठमाडौँ, २२ मंसिर । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले ४ महिने छोराको हत्या गरेका छन् । आइतबार दिउँसो असई पुष्कर कार्कीले जन्मजातनै ब्रेन ट्युमर भएका ४ महिने छोरालाई सुतेकै ठाउँमा घाँटी रेटेर हत्या गरेका हुन् ।
उनले छोराको हत्या गरेर श्रीमतीलाइए पनि कुटपिट गरेर फरार भएका थिए भने आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
उनकी श्रीमती पनि प्रहरी हुन् । सिनामंगलस्थित कोठा लिएर बस्दै आएका थिए । उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । कार्कीमाथि सोधपुछलगायत अनुसन्धानका काम भइरहेको छ ।










