स्रोत नखुलेको ५७ लाखसहित एक जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगर १४ कुलेश्वरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँसहित सोही ठाउँमा डेरा गरी बस्ने पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध नगरपालिका ९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। 

साथै, थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप स्रोत नखुलेको नगद ३७ लाख ४७ हजार रुपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्