काठमाण्डौं, २१ मंसिर । हाल देशभरको मौसम आंशिक बदली छ । शनिबार बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ । जसका कारण काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको छ ।
मौसम आंशिक बदली भए पनि दिउँसो कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ । आज राति गण्डकीको हिमाली भागको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुने छ ।










