काठमाडौँ, २० मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज धनुषाको जनकपुरमा एकता सन्देश सभा गर्दैछ। पार्टीले यस अघि धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको नेकपाले जनकपुरको तिरहुतियामा मधेश प्रदेशस्तरीय एकता सन्देशसभा गरिसकेको छ ।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभामा प्रदेशभरबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता उपस्थित गराउने तयारी भइरहेको नेता प्रकाश ज्वालाले जानकारी दिए।
नेकपाले २७ गते सुर्खेतमा सभा गर्दैछ।










