अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदैछ। स्वयंसेवकको योगदानलाई सम्मान गर्ने तथा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सेवा, सहयोग र सामुदायिक भावना प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८५ डिसेम्बर ५ मा यो दिवस मनाउने निर्णय गरेको थियो। यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभा हलमा विशेष कार्यक्रम आयोजना हुँदैछ, जहाँ सदस्य राष्ट्रहरूले स्वयंसेवा कार्यलाई विकास रणनीतिमा समावेश गर्ने तथा राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ।

यसै दिनको अवसरमा महासचिव एन्टोनियो गुटेरेसले विश्वभर सक्रिय स्वयंसेवकहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै सन्देश जारी गर्नुभएको छ। उहाँले प्राकृतिक विपद्, द्वन्द्वपीडित समुदाय, गरिबी निवारण र मानव सेवा जस्ता कठिन क्षेत्रमा स्वेच्छिक रूपमा समय, ऊर्जा र सीप समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवीयता आजको विश्वका लागि प्रेरणादायी रहेको बताउनुभयो।

संयुक्त राष्ट्रसंघका १६९ भन्दा बढी सदस्य देशहरूमा शान्ति, न्याय र समानताको लक्ष्यसहित हजारौँ यूएन स्वयंसेवक सक्रिय रूपमा कार्यरत रहेका छन्।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसले विश्व समुदायलाई स्वयंसेवकहरूको भूमिकाप्रति थप सम्मान र प्रोत्साहन व्यक्त गर्ने अवसर प्रदान गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्