काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले सबै सरोकारवाला पक्षलाई सहभागी गराउँदै आज सर्वपक्षीय बैठक बसाउन आह्वान गर्नुभएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव सम्बन्धी तयारी र समन्वयबारे छलफल गर्न बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा बस्नेछ।
बैठकमा राजनीतिक दलका प्रतिनिधि, नवयुवाका प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगका पदाधिकारी तथा अन्य चुनावसँग सरोकार राख्ने निकायहरू सहभागी हुनेछन्। आगामी चुनावलाई सफल र व्यवस्थित बनाउन सरकारले पछिल्लो केही दिनयता विभिन्न पक्षसँग निरन्तर संवाद गर्दै आएको छ।
उता, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायतका दलहरूले पनि चुनावलाई लक्षित गर्दै आ–आफ्ना गतिविधि तीव्र बनाएका छन्। दलहरूले उम्मेदवार छनोटदेखि चुनाव प्रचार–प्रसारका तयारीलाई गति दिइरहेका छन्।
आजको सर्वपक्षीय बैठकले चुनावी समन्वय, सुरक्षा व्यवस्था तथा सम्भावित चुनौतीहरूबारे महत्वपूर्ण सहमति निकाल्ने अपेक्षा गरिएको छ।










