एनपिएलः आज विराटनगर र लुम्बिनी खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ मङ्सिर । त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्