काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले यस वर्ष नगरका स्थायी बासिन्दालाई लक्षित गरेर लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२|८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार संघीय तहको नायब सुब्बा (अप्राविधिक) तथा बागमती प्रदेशको पाँचौँ तह (अप्राविधिक) तयारी कक्षा सञ्चालन गर्न लागिएको हो।
नगर प्रमुख दिपक रिसालले जारी गरेको सूचनामा तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र नगरपालिका प्रशासन शाखामा आवेदन दिन सक्ने उल्लेख छ।
मंसिर ७ गते प्रकाशित सूचनाअनुसार तयारी कक्षामा सहभागी हुन नगरपालिका क्षेत्रकै स्थायी बासिन्दा हुनु पर्ने छ । यस्तै १०+२ वा सो सरह शैक्षिक योग्यता
पुरुषका लागि३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि ४० वर्ष ननाघेको हुनु पर्ने नगरपालिकाले जनाएको छ ।
आवेदनका साथ शैक्षिक योग्यताको प्रमाणपत्रको छायाँप्रति,नागरिकता प्रमाणपत्रको छायाँप्रति,बसाइँ–सराइँ प्रमाणपत्र ९बसाइँ सरेको भए०
हालसालै खिचिएको पासपोर्ट साइज फोटो – १ प्रति र सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा पेश गर्नुपर्ने छ ।
नगरपालिकाले तयारी कक्षा सञ्चालनमार्फत स्थानीय युवालाई सरकारी सेवामा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य राखेको जनाएको छ।











