काठमाण्डौं, १ मंसिर । झापामा अटो दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौरादह नगरपालिका १ गैरिया चोक नजिक भएको अटो दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो।
गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं। को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो।
दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए। सोही अटोमा सवार ३७ वर्षीया खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।











