वडाध्यक्ष हत्याको आरोपमा प्रहरीसहित ४ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ३० । धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३५ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोजकुमार यादव छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार पक्राउ परेका शम्भकुमार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार हुन् ।

२८ कात्तिक साँझ मृत्यु संस्कार कार्यक्रममा सहभागी हुन पुगेका वडाध्यक्ष यादवमाथि उनी शम्भुकुमारले गोली प्रहार गरेको पीडित पक्षको दाबी छ । विवाद मिलाउन खोज्दा उनीमाथ नै गोली प्रहार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्