निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २८ । निर्वाचन आयोगले मतदाता नामावली संकलनको म्याद थपेर ५ मंसिरसम्म पुर्‍याएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवालाको सुझाव तथा मतदाता दर्ताका लागि निरन्तर बढ्दो चापकै कारण म्याद थपिएको हो।

यसअघि मतदाता नामावली दर्ताको अन्तिम म्याद ३० कात्तिक तोकिएको थियो। तर, देशभरि दर्ता केन्द्रमा भीड नघटेकाे र धेरैले अझै दर्ता गर्न नपाएको गुनासो आएपछि आयोगले अतिरिक्त पाँच दिन समय थप्ने निर्णय गरेको हो।

अब आवश्यक कागजातसहित ५ मंसिरसम्म देशभरका नामावली दर्ता केन्द्रमा पुगेर मतदाता दर्ता गराउन सकिने आयोगले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्