काठमाडौं, कार्तिक २५ । नेपाल वायुसेवा निगमले करार सेवामा रहेका ६ जना कर्मचारी कटौती गरेकाे छ। हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका केही स्टेशनबाट हुने उडान संख्या कम भएसँगै कर्मचारी कटौती सुरु गरिएको हो।
वायुसेवा निगमले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीहरुको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजैको मितिदेखि लागू हुने गरी अन्त्य गरिएको जानकारी गराएको हो।
निगमले चुस्त दुरुस्त रुपमा सञ्चालन गर्दै आर्थिक दायित्वसमेत कम गर्ने उद्देश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको जानकारी गराएको हो।











