सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन प्रसाईंको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २३ कात्तिक । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौँको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई उठाउने नाममा पटक पटक दुख दिनुभन्दा स्थायी बसोबासको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।

उहाले काठमाडौं महानगरले बस्ती खाली गर्न आए प्रतिकार गर्न सुझाव दिनुभयो । आफुहरु सुकुम्बासीको साथमा रहेको भन्दै उहाले सुकुम्वासीहरु एक भए कसैले हटाउन नसक्ने बताउनुभयो ।

उहाले सुकुम्बासी बस्ती उठाउनु भन्दा बालमन्दीर र पशुपतिमा रहेका अनाधिकृत संरचना हटाउन सुझाव दिनुभयो ।

आफुले गरिवको ऋण मिनाहा गर्न सुझाव दिदै राज्य नै आफुबिरुद्ध लागेको उहाले बताउनुभयो । प्रसाईंले सुकुम्बासीलाई दलहरुले भोट रूपमा मात्र प्रयोग गरेको भन्दै सजक हुन आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्