काठमाडौं, कार्तिक २२ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा निजी क्षेत्रको तोडफोड गर्नेहरुमाथि सरकारले मुद्दा चलाउन थालिएको बताएका छन्।
सरकार गठनलगत्तै तोडफोडमा सहभागीलाई नसमात्न निर्देशन दिएको विषयलाई खण्डन गर्दै अहिले परिस्थिति सामान्य बनेसँगै उजुरी दर्ता गरेर कारबाही सुरु गरेको बताए।
निजी क्षेत्रलाई निरधक्क भएर उद्योग व्यवसाय संचालनका लागि आग्रह गर्दै आवश्यक सुरक्षा दिन सरकार तयार रहेको बताएका थिए। व्यापार व्यवसाय मात्र हैन उद्योगी र उद्योगीको निजी निवासमा समेत सुरक्षा दिन तयार रहेको उनको भनाइ थियो।
गृह मन्त्रालयबाट आवश्यक साथ र सहयोगका सधैँ तयार रहेकाले कुनै समस्या भएमा जानकारी दिनसमेत निजी क्षेत्रलाई आग्रह गरे।











