मन्त्रिपरिषद् विस्तार हुँदै, चार मन्त्रीको आजै शपथको तयारी

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्।

सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ। उनीहरुको आजै शपथ ग्रहणको तयारी छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्।

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उनीहरु चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ।

उनीहरुको आजै शपथ ग्रहण हुने स्रोतले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्