रुकुम पश्चिममा जीप दुर्घटना, ७ जनाको ज्यान गयो, केही घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ७ । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने १० घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले आफू घटनास्थल पुग्दैगरेको तर त्यहाँ पहिले पुगेको स्थानीय प्रहरीले ७ जनाको शव बाटोमा राखेको र १० जनालाई उपचारका लागि अस्पताल पठाएको बताएका छन ।

मृतकको पहिचान भने भइसकेको छैन र सबै विवरण आउन बाँकी रहेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्