काठमाडौं, कार्तिक ७ । कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीनजनाको ज्यान गएको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।
उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।











