काठमाडौं, कार्तिक ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नुअघिसम्म आफ्नो मोबाइल नेपाली सेनाको नियन्त्रणमा रहेको बताएका छन्।
आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले आफू सेनाको सुरक्षा घेरामा रहेको र प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मोबाइल फिर्ता पाएको जानकारी दिए।
ओलीले भने, ‘म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ। मोबाइल सिज गरिएको थियो।’ उनले आफू लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने व्यक्ति भएको पनि बताए।











