कलाकार रमेश दुलालद्धारा नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि काग सम्मेलन

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २ कात्तिक । काग तिहारका अवसरमा कलाकार रमेश दुलालले काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि काग सम्मेलन गर्नुभएको छ ।

आइतबार बिहानै दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गर्दै कागलाई आवाज दिनुभएको थियो ।

उहाँले कागको आवाज निकाल्नासाथ कागहरु वरिपरि जम्मा भएका थिए । दुलालले काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भएको जानकारी दिनुभयो । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले काग सम्मेलन गरेको उहाले बताउनुभयो ।
काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन आगामी दिनमा निरन्तर रुपमा काग सम्मेलन गर्ने उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्