काठमाडौं, ३० असोज। निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा आयोगले छलफल गर्न लागेको हो ।
छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको छ । २९ राजनीतिक दललाई पत्र लेखेर प्रमुख वा प्रतिनिधि पठाइदिन भनिएको छ ।
आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराउने प्रवक्ता भट्टराईले बताए ।











