मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनाल नियुक्त

खबर बुक
  • ख-
  • ख+

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनाल नियुक्त भएका छन् । सोनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले केही बेर अघि आधिकारीक पत्र प्रदान गरेकी छन् । सोनालले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहितको दाबी पेस गरेका थिए । अब मधेश प्रदेशमा जसपा नेपाल, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको गठबन्धनको सरकार भएको छ ।

नियुक्ति पत्र बुझ्दै मुख्यमन्त्री सोनलले जेनजी आन्दोलन पछि शुन्यतामा पुगेको प्रदेशमा सुशासन कायम गर्न काम गने बताए । उनले गठबन्धनका पाँचवटै दल मिलाएर अहिलेका लागि साने मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्