एमालेको केन्द्रीय कमिटीको पहिलो दिन ५० जना सदस्यले राखे धारणा

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन् ।

बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक बिशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

धारणा राख्ने सदस्यहरुले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद बिघटनका बिषयमा आवश्यक सुझाव आएको उहाले बताउनुभयो ।

त्यसैगरि नयाँ सरकार गठनका समयमा निवर्तमान प्रधानमन्त्री ओलीले दिनुभएको सुझावलाई तोडमोड गरिएको लगाएत धारणा आएको गौतमले बताउनुभयो । सदस्यहरुलाई धारणा राख्नका लागि तीन मिनेटको समय दिइएको र लिखित सुझाव राख्न सक्ने व्यवस्था समेत गरिएको उहाले जानकारी दिनुभयो ।

करिव ३६० सदस्य मध्ये ५० जनाले धारणा राखेकाले केन्द्रीय कमिटीको बैठक केहि दिन चल्ने प्रचार बिभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उहाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्