कांग्रेसमा विशेष महाधिवेशन माग्दै कार्यवाहक सभापति खड्कालाई बुझाइयो हस्ताक्षर

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका १४औं महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाइएको हो ।

कांग्रेस नेता गुरुराज घिमिरेले १४औं महाधिवेशनका २२ सय ८८ प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर बुझाइएको जानकारी दिनुभयो । विधानको धारा १७ (२) बमोजिम महाधिवशेनका ४० प्रतिशत प्रतिनिधिहरुले कारण खुलाइ विशेष महाधिवेशनको माग गरेमा निवेदन परेको तीन महिनाभित्र बोलाउनुपर्ने बैधानिक प्रावधान रहेको उहाले बताउनुभयो ।

नेता घिमिरेले पार्टीको केन्द्रीय समितिले आफुहरुको हस्ताक्षर निवेदनका बिषयमा उचित निर्णय लिने धारणा राख्नुभयो । उहाले नियमित महाधिवेशनको तयारीका लागि पार्टीले अग्रसरता नलिएकाले बैधानिक रुपमा महाधिवशेन गर्न आफुहरुले बाटो खोलिदिएको तर्क गर्नुभयो ।

घिमिरेले आगामी निर्वाचनको तयारीका लागि पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने आफुहरुको मत रहेको उल्लेख गर्नुभयो । यसअघि विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका युवा नेताहरुले हस्ताक्षर अभियान चलाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्