आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताउनुभएको छ ।
मुलुकको पछिल्लो अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले अहिलेको प्रणालीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।
अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उहाले बताउनुभयो ।
उहाले जेन–जी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेन–जीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको टिप्पणी गर्नुभयो ।
सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्किृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको उल्लेख गदै साहले सरकार बनेपछिको गतिविधिहरु पनि अदृष्य र सन्दीग्ध रहेको जिकिर गर्नुभयो ।
वर्तमान सरकारले सिंहदरबार, सर्वोच्च अदालतलगायतमा भएको तोडफोड र आगजनीको बारेमा कुनै चासो नदेखाएको पनि नेता साहले बताउनुभयो ,साथै, उहाले प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हठाउने निर्देशन दिएर अन्याय गरेको पनि धारण राख्नुभयो ।
संसद् पुनस्र्थापनको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै नेता साहले फेरि गिजोल्ने काम आफूहरुको लागि स्वीकार्य नरहेको बताउनुभयो ।











