काठमाडौं, असोज २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न आफू तयार भएको बताएका छन्। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औँ महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व हस्तान्त्रण गर्ने बताएका हुन्।
‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाल उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन,’ उनले भने, ‘जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु।’
आगामी १५औँ महाधिवेशनबाट अरु कुनै सभापति बन्ने भएकाले ढुक्क हुन उनको आग्रह थियो।











