काठमाडौं, असोज २७ । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा सुरु गरिएको हो। आवश्यक उपकरणको अभावले चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उनले बताए।
राष्ट्रिय परिचय पत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उनको भनाइ थियो।











