हमासले सार्वजनिक गर्‍यो बन्धक बनाईएका २० जनाको नाम, विपीनको नाम छैन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन।

सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन्।

उनीहरु सबै इजरायली नागरिक हुन्। यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्