आजको मौसमः कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २७ असोज । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार सोमबार सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्