संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्छ -प्रम कार्की

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २६ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका बिषयमा प्रधानमन्त्री सुशीला कार्कीसंग छलफल गर्नुभएको छ ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसंग छलफल गर्नुभएको हो । छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसंग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने बिषयमा पनि परामर्श भएको जानकारी दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थीत संसद भवन ध्वस्त भएको थियो । हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री कार्कीसंग राष्ट्रिय सभामा रहेका बिधेयकहरुका बारेमा समेत छलफल भएको उहाले बताउनुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थीतिमा सवै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्