काठमाडौं, असोज २६ । ओमनमा जारी आईसीसी टी २० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स छनोटको आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। आजको खेलमा जित निकाल्न सके नेपाललाई आगामी खेलमा सहज हुनेछ।
नेपालको प्लेइङ ११ मा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव र ललित राजवंशी रहेका छन्।











