काठमाडौँ, २६ असोज । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ ।
अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो ।
यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गरेको थियो ।
यस्तै बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।











