बारामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २५ असोज । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ५ निवासी ६५ वर्षीया शारदादेवी रहेकी छिन्।

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्