आज पनि बस्दै नेपाली कांग्रेसको पदाधिकारी बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकले अगामी २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेण्डा टुङ्गो लगाउने छ।

यसअघि बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो। बैठकमा धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्