राष्ट्रिय युवा संघ नेपालले असोज २५ गते शनिबार काठमाडौंमा मोटरसाइकल ¥याली आयोजना गर्ने भएको छ ।
देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले शनिबार मोटरसाइकल ¥याली आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
राष्ट्रिय एकता, खरानीबाट समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिनका लागि पनि ¥यालीको आयोजना गरिएको उनले बताए ।
देशमा निराशा पैदा भएको अवस्थामा देश बनाउनका लागि युवाहरु प्रतिवद्ध रहेको उनको भनाइ छ ।
तीनकुनेबाट सुरु हुने ¥याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने युवा संघले जनाएको छ ।













