निर्वाचनबारे प्रधानमन्त्री र दलहरूसँग राष्ट्रपति पौडेलको छलफल आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका छन्।

शुक्रबार अपराह्न ४ बजे शीतल निवासमा हुने छलफलमा सरकार र विघटित प्रतिनिधि सभामा रहेका दलहरूलाई बोलाइएको स्रोतले जनाएको छ। छलफलमा दोस्रो तहका नेताहरू सहभागी हुने तयारी छ।

यद्यपि निर्वाचन मिति फागुन २१ गतेका लागि तोकिइसकेको छ, तर राजनीतिक दलहरूले सरकारले अझै संवादमा नउत्रिएको भन्दै आलोचना गर्दै आएका छन्। यही पृष्ठभूमिमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलसँग भेट गर्दै दलहरूसँग संवाद अघि बढाउन आग्रह गरेकी थिइन्।

प्रधानमन्त्रीको आग्रहपछि राष्ट्रपति पौडेलले आजको छलफलको पहल गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्