काठमाडौँ, असोज २४ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। बैठकमा स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्ने मुख्य एजेण्डा रहेको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा मुलुकको समसामयिक अवस्था, राजनीतिक घटनाक्रम, वाम–समाजवादी दलहरूबीचको एकता प्रयास, र आगामी फागुनमा हुने निर्वाचनका सन्दर्भमा छलफल हुने छ।











