एमालेको सचिवालय बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। नेकपा(एमाले) को ५८औँ सचिवालय बैठक आज बस्दैछ। यसअघि आइतबारका लागि तय गरिएको बैठक अविरल वर्षा, बाढी, पहिरो र डुबानको कारण स्थगित गरी आजका लागि सारिएको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गरिनेछ।

एमालेले पछिल्लो पटक असोज १२ गते सचिवालय बैठक गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्