बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले गरेका महत्वपुर्ण निर्णयहरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २३ । ऊर्जा, भौतिक पूर्वाधार एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थीत टियु क्रिकेट मैदानको निर्माण कार्य छिटो सम्पन्न गरि हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

बिहीबार टियु क्रिकेट मैदानको स्थगलत निरिक्षण गर्दै मन्त्री घिसिङले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिदै गएकाले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गर्न निर्देशन दिनुभएको हो । टियु क्रिकेट मैदानको प्याराफिट निर्माणको कार्य करिव सकिएको र फ्लडलाइट निर्माणको काम एक महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जानकारी गराएको मन्त्री घिसिङले बताउनुभयो ।

उहाले मंसिरमा आयोजना हुने एनपिएल अगाडी पहिलो चरणको काम सम्पन्न हुने जानकारी दिनुभयो । टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको रहेकाले अव दोश्रो र तेश्रो चरणको काम सुरु गर्न टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भएको उहाले बताउनुभयो । मन्त्री घिसिङले टियु क्रिकेट मैदानको स्तरोन्नतीको काममा बजेटका अभाव हुन नदिने उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अवको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुने बताउनुभयो । मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको उहाले बताउनुभयो ।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्