काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहितका शीर्ष नेताको बैठक आज बस्दैछ। कांग्रेसका एक पदाधिकारीका अनुसार पदाधिकारी बैठक ललितपुरमा बस्नेछ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेण्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।
पार्टीको नियमित महाधिवेशन गर्ने एजेण्डादेखि निर्वाचन र संसद् पुनः स्थापनाको मुद्दामा समेत बैठकमा छलफल हुनेछ।











