काठमाडौँ, २२ असोज । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिने भएकी छिन्। नयाँ सरकार गठन भएपछि सरकारका प्राथमिकता तथा आपसी सहयोग र सहकार्यका लागि पहिलोदेखिकै प्रचलन सहित प्रधानमन्त्री कार्कीले ब्रिफिङ गर्न लागेकी हुन् ।
आज दिउँसो ‘भर्चुअल’ माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लागेकी हुन्।
मन्त्रालयले नेपालमा रहेको विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ। त्यस क्रममा लोकतन्त्रप्रति प्रतिबद्धता जनाउदैआगामी ६ महिनाभित्रै निर्वाचन गराउने प्राथमिकतामा समर्थन गर्न सरकारले आग्रह गर्ने र पुनर्निर्माणका लागि सरकारले अनुरोध गर्नेछ।











