मलेशियासँगको तेस्रो टी–२० खेलमा नेपाल १३ रनले पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १९ असोज – मलेशियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाली महिला टोली १३ रनले पराजित भएको छ । मलेशियाले दिएको एक सय २१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेट गुमाएर एक सय सात रनमात्र बनाउन सक्यो ।

नेपालका लागि रुबी पोद्दारले ३१, कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाए । मलेशियाका नुर दानिया सुहाडा र एइसा एलीसा फिरदौजले १र१ विकेट लिए । नेपालका ६ जना खेलाडी रन आउट भए । यसअघि क्वालालम्पुरको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली मलेशियाले २० ओभरमा चार विकेट गुमाएर एक सय २० रन बनायो ।

मलेशियाकी आइना हमिजाह हशिमले ६१ रन बनाइन् । नेपालकी कविता कुँवरले दुई विकेट लिए । योसँगै पाँच खेलको टी–२० शृङ्खलामा मलेशियाले २–१ को अग्रता लिएको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्