बडादसैंको महाअष्टमीको दिन काठमाडौ उपत्यकामा चहलपहल कम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १४ । बडादसैंको महाअष्टमीको दिन काठमाडौ उपत्यकामा चहलपहल कम देखिएको छ ।

फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने चहलपहल कम हुँदै गएको छ । दशैमा घर फर्कने सर्वसाधारणको संख्या बढ्संगै काठमाडौमा चहलपहल कम भएको हो । अन्य दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।

ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिनमात्रै करिव डेड लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौंमा बडादशैको टिकाको दिनदेखि भने फेरी चहलपहल बढ्ने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्