काठमाण्डौं, १४ असोज । इटुम्बाहलको साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्। उनी शाक्य समुदायका १६ वटा इटुम्बाहलको बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन्। उनका पिता श्री अनन्त शाक्य, आमा श्रीमती प्रतिष्ठा शाक्य र बहिनी परमिता शाक्य हुन्।
आर्यतारा मंगलबार, अष्टमीका दिन ऐतिहासिक कुमारी घर, काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी छिन्।
आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन्। तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्परा अनुसार समाप्त भएको हो। कुमारीकाल समाप्त भएपछि उनलाई बाजा गाजा सहित विशेष पूजापाठ गरेर घरसम्म पुर्याईयो र परम्परागत रीति अनुसार बिदाइ गरियो ।











