वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृङ्खलाको उपाधी जितेको छ ।

गए राती भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी–२० शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो । नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे।

यसअघि गएको शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथी १९ रनको ऐतिहासिक जित दर्ता गरेको थियो । नेपाल र वेष्ट इन्डिजबिचको तेसो खेल मंगलबार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्