मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरुलाई दिनुपर्छ -घनश्याम भुसाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १३ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक दलको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताउनुभएको छ । .

सोमबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलका क्रममा भुसालले मुलुक अहिलेको अवस्थामा पुग्नुका कारण मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कव्जा गरेर बसेका मुख्य नेताहरु नै रहेको भन्दै मुलुकलाई असफलताबाट जोगाउनका लागि नेतृत्व युवाहरुलाई दिनुपर्ने बताउनुभएको हो ।

अहिले पनि मुख्य राजनीतिक पार्टीहरुमा संस्थागत सुधारको परिणामूखी पहलकदमी नदेखिएको उहाले बताउनुभयो ।उहाले कुनै पनि बहानामा मुख्य नेताहरुले अहिलेको परिस्थीतिलाई नजरअन्दाज गर्न खोजे मुलुकलाई अर्को चक्रबाट बचाउन नसकिने जिकिर गर्नुभयो ।

अव पनि दलहरु गम्भीर हुन नसके उनीहरु बिरुद्ध युवाहरुको विरोध बढ्दै जाने र अराजनीतिक–अपराधीक समूह तथा प्रतिगामीले खेल्ने ठाँउ पाउने उहाको भनाइ छ । उहाले तत्काल त्रासदीपूर्ण सम्भावनालाई रोक्न बामपन्थी आन्दोलनका सवै इमान्दार राजनीतिकर्मीहरुले तत्कालै सक्रियता लिनुपर्ने धारणा राख्नुभयो ।

भुसालले मुलुकलाई नयाँ बिन्दुमा लैजाने अहिले महत्वपूर्ण अवसर भएको समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्