ओली भन्छन् -हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश भाग्ने कुरा सोच्न पनि सक्दिन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले शनिबार भक्तपुरको गुण्डुमा आयोजना गरको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार संवैधानिक, जनताको अभिमतको बाटोबाट नभइ तोडफोड, आगजनीको माध्यमबाट बनेको उल्लेख गर्दै मुलुकलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने बताउनुभएको हो । अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुनेको भन्दै ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश भाग्ने कुरा सोच्न पनि नसकिने जिकिर गर्नुभयो ।

उहाले जेनजी आन्दोलनमा क्रममा शंकास्पद ढंगले गोली चलेको र तोडफोड, आगजनीको घटना भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने बताउनुभयो । उहाले जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई आफुले गम्भीरतापूर्वक लिएको बताउनुभयो । आफुमाथि लगाएका आरोपप्रति जवाफदेही हुने भन्दै उहाले देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले देश बनाउने पार्टी एमाले नै भएकाले हरेस नखान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै उहाले देश जोगाउन राष्ट्रिय एकता आवश्यक रहेकाले एकताबद्ध भएर अघि बढ्न आह्वान समेत गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्