काठमाडौं, असोज १० । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु अव पार्टीको अध्यक्षको रुपमा नरहेको बताउनुभएको छ ।
शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफु अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाविधेशन आयोजक समितिको संयोजक बनेको बताउनुभएको हो । प्रचण्डले केन्द्रीय समितिको बैठक सफतापूर्वक सम्पन्न गरिएको प्रतिक्रिया दिनुभयो ।
शुक्रबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।











